logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • १० दिनसम्म बाडुली नराेकिएपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना 

    १० दिनसम्म बाडुली नराेकिएपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना 

    1.7K
    Shares

    एजेन्सी । १० दिनसम्म बाडुली लागेपछि ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई अस्पताल भर्ना गरिएको छ ।

    लगातार १० दिनसम्म पनि बाडुली नरोकिएपछि उनलाई अस्पताल भर्ना गरिएको ब्राजिलको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो । उनको बाडुली रोक्न आकस्मिक शल्यक्रिया गर्नुपर्ने हुनसक्ने बताइएको छ ।

    आन्द्रामा समस्या भएपछि बाडुली नरोकिएको अनुमानमा साओपाउलोको एक अस्पतालमा राष्ट्रपतिलाई सारिएको छ । चुनाव प्रचारका बेला आक्रमणकारीले पेटमा चक्कु प्रहार गर्दा राष्ट्रपतिको आन्द्रामा चोट लागेपछि सन् २०१८ देखि समस्या आउँन थालेको हो ।

    ६६ वर्षिय बोलसोनारोको स्वास्थ्यमा समस्या आएपछि बुधबार ब्रासिलियामा सैनिक अस्पताल लगिएको थियो । तर सन् २०१८ देखि नै उनको उपचारमा संलग्न चिकित्सकले साओपाउलो लैजानुपर्ने बताएपछि उता लगिएको हो ।

    ब्राजिल सरकारको एक वरिष्ठ अधिकारीका अनुसार बोलसोनारोलाई निन्द्रा लाग्ने औषधि दिएर ब्रासिलियाबाट साओपाउलो लगिएको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend