काठमाडाैं । सरकारले साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउन सिफारिस गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले ३ गते बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ३ गते दिउँसो ४ बजेलाई बैठक बोलाउन सिफारिस गरिएको हो ।
सर्वोच्च अदालतले परमादेश जारी गरी संसद पुनर्स्थापना गर्न आदेश दिएको थियो ।
बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरूको कार्यविधि एक वर्ष थप गरेकेा पनि कार्कीले जानकारी दिए ।