२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमानले पनि गरे आत्महत्याको प्रयास

बिहिवार , चैत्र ५, २०८२

कैलाली । कैलालीको गोदावरी नगरपालिकामा एक युवकले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन् । गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार जंगलमा बाख्रा चराउन गएको बेला श्रीमान–श्रीमतीबीच विवाद भएको थियो । सोही क्रममा रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुक प्रयोग गरी श्रीमतीमाथि गोली प्रहार गरेका थिए । गोली लागेकी संजिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई गोली हानेलगत्तै रामबहादुरले सोही बन्दुकबाट आफैंलाई पनि गोली प्रहार गरी आत्महत्याको प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले घटनाको पुष्टि गर्दै भने, सामान्य विवादपछि आवेशमा आएर रामबहादुरले श्रीमतीको हत्या गरेको र त्यसपछि आफैंलाई पनि गोली हानेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

गोली लागेर गम्भीर घाइते भएका रामबहादुरलाई तत्काल उद्धार गरी धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याइएको छ। उनको अवस्था गम्भीर रहेको र अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको भरुवा बन्दुक नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट