२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिन माग गर्दै श्रम संस्कृति पार्टीको  माइतीघरमा प्रदर्शन

शनिवार , जेठ २३, २०८३

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिन माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ 

प्रदर्शनमा पार्टीका सांसद आरेन राईसहित नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको दाबी गर्दै उक्त भनाइ तत्काल फिर्ता लिनुपर्ने माग गरेका थिए ।

सांसद आरेन राईले संसदभित्र निरन्तर रूपमा विरोध जनाउँदै आए पनि सरकारबाट कुनै सुनुवाइ नभएको भन्दै सडक आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।  उनले वर्तमान सरकार संसदप्रति उत्तरदायी नभएको आरोप समेत लगाए ।

श्रम संस्कृति पार्टीले संसदभित्र र बाहिर दुवै माध्यमबाट प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध जारी राख्ने जनाएको छ । माइतीघरमा आयोजित प्रदर्शनका सहभागीहरूले सरकारलाई जनभावनाको सम्मान गर्दै विवादास्पद अभिव्यक्ति सच्याउन आग्रह गरेका थिए । सहभागीहरुले वर्तमान सरकार प्रति चर्काे नाराबाजी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट