२०८३, श्रावण ६ गते

बुधवार, श्रावण ६ गते २०८३

बागमती सरकारबाट एमाले बाहिरिने: ६ मन्त्रीले आजै राजीनामा बुझाएर समर्थन फिर्ता लिने

बुधवार , श्रावण ६, २०८३

मकवानपुर । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन् । एमालेले सरकारलाई दिएको समर्थन पनि आजै फिर्ता लिने तयारी गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारको सत्ता सहकार्यबारे भएको छलफलपछि पार्टी नेतृत्वबाट सरकारबाट बाहिरिन निर्देशन आएसँगै मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ।

राजीनामा दिने मन्त्रीहरूमा मधुसूदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ रहेका छन् ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट