२०८३, श्रावण ६ गते

बुधवार, श्रावण ६ गते २०८३

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रिन रन’: जलवायु सचेतनासँगै 'मानवीय सहयोग कोष'को घोषणा

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ ।

752524611_1594935452210919_203547141655650970_n.jpg

‘जलवायु जनचेतना जगाऔँ’ भन्ने नारासहित आयोजित पाँच किलोमिटर दौडमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा तथा उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मा लगायत नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।

752854633_1594935485544249_6394903923826638173_n.jpg

दौडपछि जावलाखेलस्थित फाल्चामा ‘जलवायु परिवर्तनको चुनौतीः निराकरण कसरी’ विषयमा विज्ञहरूसहित समूहगत छलफल आयोजना गरिनेछ । सोही क्रममा जलवायु परिवर्तनका चुनौती र सम्भावनालाई चित्रण गर्ने चित्रकला कार्यक्रम पनि सञ्चालन हुनेछ ।

कांग्रेसले साउन ७ गते ‘नवीन परिस्थितिः नवीन संकल्प, नवीन अभियान’ विषयमा राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना गर्ने जनाएको छ ।

753145690_1594935478877583_6195627706349586290_n.jpg

त्यसैगरी, ‘ग्रिन रन’मा सहभागीको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम पार्टीको कोषबाट जम्मा गरी ‘मानवीय सहयोग कोष’ स्थापना गरिनेछ । उक्त कोषबाट पछिल्लो समय विस्थापित भएका सुकुम्बासी परिवारका वृद्धवृद्धा तथा बालबालिकाको हितमा सहयोग गरिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट