काठमाडौं । बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ : ४० बजे कोटदेवल आसपास केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का बझाङका साथै आसपासका छिमेकी जिल्लाहरूमा पनि महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने प्राप्त नभएको प्रहरी तथा स्थानीय प्रशासनले जनाएका छन् ।
सम्बन्धित निकायले घटनाको अनुगमन र अवस्थाको निगरानी गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस