२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कम्बोडियाको ‘स्क्यामिङ’ जालोबाट २० नेपालीको उद्धार, मानव तस्करीको डरलाग्दो जालो

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगी अलपत्र परेका २० जना नेपालीको सफल उद्धार गरिएको छ । थाइल्याण्डको बैंककस्थित नेपाली दूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा उनीहरूलाई स्वदेश फर्काइएको हो । उद्धार गरिएका नेपालीहरू आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

दूतावासका अनुसार उद्धार गरिएकाहरूलाई कम्बोडियाका विभिन्न अनलाइन स्क्यामिङ केन्द्रहरू, अवैध क्यासिनोहरू र गैरकानुनी काममा लगाइएको थियो । उनीहरू विनाभिसा बसिरहेका थिए र त्यहाँ निकै कठिन अवस्थामा रहेका थिए । कम्बोडियामा अझै अन्य नेपालीहरू पनि अलपत्र परेको सूचना प्राप्त भएको र उनीहरूको उद्धारका लागि पनि पहल भइरहेको दूतावासले जनाएको छ ।

कम्बोडिया जाने नेपालीहरूको तथ्याङ्कले मानव तस्करीको भयावह रूप देखाएको छ । सन् २०२१ मा जम्मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा पछिल्ला वर्षहरूमा यो संख्या अस्वाभाविक रूपमा बढेको छ ।

भ्रमण भिसाको दुरुपयोग गरी नेपालीहरूलाई म्यानमार, लाओस र कम्बोडिया जस्ता देशमा पुर्‍याएर अनलाइन ठगी र मानव बेचबिखनको जालोमा फसाउने गरिएको पुष्टि गर्छ ।

बैंककस्थित नेपाली दूतावासले कुनै पनि प्रलोभनमा नपरी सरकारले तोकेको मापदण्ड र श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरेको छ । कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकहरूमा आकर्षक तलबको लोभमा नफस्न दूतावासले सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट