काठमाडाैं । नयाँ आर्थिक वर्ष २०७८/७९ को पहिलो दिन शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार यही मूल्यमा सुनको कारोबार भएको थियो ।
शुक्रबार तेजाबी सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बिहीबार पनि यही मूल्यमा काराेबार भइरहेकाे थियाे ।