logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • ओलीद्वारा स्थायी कमिटी बैठक राेक्न अस्वीकार, बाहिरिए नेपाल समूह 

    ओलीद्वारा स्थायी कमिटी बैठक राेक्न अस्वीकार, बाहिरिए नेपाल समूह 

    1.8K
    Shares

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेका छन् ।

    च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा भइरहेको बैठक राेक्न र छलफलमा जुट्न वरिष्ठ नेता माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरुले आग्रह गरेका थिए ।

    नेपाल पक्षका कार्यदलमा सदस्य रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्टलगायतका नेताहरु बैठक स्थल पुगेर ओलीललाई बैठक रोक्न आग्रह गरेका थिए । 

    रावलले बैठक रोक्न आग्रह गरे पनि ओलीले भने बैठक रोक्न नसकिने भन्दै विषयवस्तुलाई अघि बढाउन निर्देशन दिएका थिए । ओलीले बैठक रोक्न नमानेपछि नेपाल पक्षका नेताहरु भने बाहिरिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend