काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । स्थायी कमिटीको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको हाे ।
नेकपा (एमाले) को स्थायी कमिटी बैठकले विवाद समाधानका लागि गठित कार्यदलका सदस्यहरुले तयार पारेको सहमतिको १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्ने निर्णय पनि गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
शुक्रबार च्यासलस्थिति तुलसीलाल प्रतिष्ठनमा बसेको बैठकले यस्तो निर्णय गरेकाे हाे ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बैठकलाई रोकेर पुन: संवादमार्फत समस्या समाधान गर्नुपर्ने आग्रह गरे पनि ओलीले अस्वीकार गरेका थिए ।
नेपाल पक्षका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, भीम आचार्य लगायतका नेताहरु आजको बैठकमा पुगेका थिए । उनीहरुले बैठक रोक्न आग्रह गरेका थिए । उक्त आग्रहलाई ओलीले अस्वीकार गरेका थिए ।