logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • राष्ट्रपतिले अस्वीकार गरेपछि सर्वोच्चमै गराइयो महान्यायाधिवक्ताको शपथ

    राष्ट्रपतिले अस्वीकार गरेपछि सर्वोच्चमै गराइयो महान्यायाधिवक्ताको शपथ

    1.7K
    Shares

    काठमाडाैं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई सर्वोच्च अदालतमा नै शपथ ग्रहण गराइएको छ । महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने व्यवस्था छ । 

    राष्ट्रपतिले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ गराइएको हो । 

    सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । तर शपथमा भने उनी उपस्थित हुन नमानेकी हुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend