logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अफगानिस्तानमा मारिए पुलित्जर पुरस्कार विजेता भारतीय फाेटो पत्रकार 

    अफगानिस्तानमा मारिए पुलित्जर पुरस्कार विजेता भारतीय फाेटो पत्रकार 

    1.6K
    Shares

    काठमाडौं । अफगानिस्तानमा रोयटर्सका पत्रकार मारिएका छन् । अफगानिस्तान र तालिबानबीचको मुठभेडको समाचार सङ्कलन गर्ने क्रममा दानिस सिद्दीकी मारिएका हुन् ।

    सिद्दीकी भारतीय फोटो पत्रकार हुन् ।  सिद्दीकी पछिल्लो सातादेखि अफगानिस्तान सुरक्षाकर्मीसँग बसेर भिडन्तको समाचार सङ्कलन गरिरहेका थिए । पाकिस्तान नजिकको स्पिन बोल्डाक बजार तालिबानबाट नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीसँग भिडन्त भएको थियो ।

    सिद्दीकीले सन् २०१८ मा पुलित्जर पुरस्कार जितेका थिए । म्यानमारका रोहिंग्या शरणार्थीबारे उनकाे समूहको फोटोफिचरले पुलित्जर पुरस्कार जितेको थियो । म्यानमारको अल्पसंख्यक रोहिंग्या शरणार्थीले भोग्नुपरेको समस्या र हिंसाबारे उनले फोटोफिचर तयार पारेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend