logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्षलाई पनि खबर

    ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्षलाई पनि खबर

    2.5K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक आइतबार बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने बताइएकाे छ । 

    आइतबार बस्ने स्थायी कमिटी बैठकले सोमबारका लागि केन्द्रीय बैठक बोलाउने निर्णय गर्नेछ । बैठकमा माधव नेपाल पक्षलाई पनि खबर पठाइएको छ ।

    शुक्रबार एमालेको स्थायी कमिटी बैठक पनि बसेको थियो । बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदन अनुमोदन गर्दै कार्यदल भङ्ग गरेको थियो । शुक्रबार नै संसदीय दलको बैठक पनि बसेको थियो । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षीय नेताहरुले दुवै बैठक रोक्न माग गरे पनि ओलीले मानेनन् ।

    शनिबार पनि दुवै पक्षका दोस्रो तहका नेताहरुले पार्टी एकताको प्रयासलाई जारी राखी छलफल गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend