काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको स्राेतले जनाएको छ ।
प्रधानमन्त्रीमा नियुक्त कांग्रेस सभापति शेरबहादुर देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाल पक्षले विश्वासको मत नदिएमा देउवालाई अप्ठ्यारो पर्ने आँकलन गरिरहेका बेला यी दुई नेताबीचको भेटघाटलाई महत्वका साथ हेरिएको छ ।
नेकपा एमालेको पछिल्लो घटनाक्रमका बारेमा दुई नेताबीच पछिल्लो समय नियमित छलफल भइरहेको छ ।