काठमाडौं । अभिनेत्री नम्रता सापकोटाले विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी छिन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।
अन्तर्वार्ताकाे क्रममा उनले भनेकी छिन् ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’
समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि उनले बताएकी छन् । उक्त अभिव्यक्ति दिइएकाे भिडियाे सापकाेटाले सामाजिक संजालमा पनि पाेस्ट गरेकी छिन् ।