२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

जापानमा समयको महत्वः अनुभव, संघर्ष र परिवर्तन

सोमवार , चैत्र ९, २०८२

जापान । जापान एक यस्तो विकसित राष्ट्र हो जहाँ समयलाई केवल व्यवस्थापनको साधन मात्र नभई जीवनको आधारभूत मूल्यको रूपमा लिइन्छ । यहाँको समाज समयप्रति अत्यन्तै संवेदनशील, अनुशासित र जिम्मेवार छ । प्रत्येक व्यक्ति आफ्नो कर्तव्यप्रति सजग रहँदै समयको सही सदुपयोग गर्न प्रतिबद्ध हुन्छन । यहाँ एक मिनेटको ढिलाइ पनि सामान्य रूपमा लिइँदैन, बरु त्यो व्यक्तिको जिम्मेवारीप्रतिको दृष्टिकोणसँग जोडेर हेर्ने गरिन्छ !

नेपालमा भने समयप्रतिको सोच अझै पनि केही हदसम्म लचिलो छ। काम ढिला सुरु हुनु, बैठकहरू निर्धारित समयभन्दा पछि हुनु, वा आफ्नो दायित्वहरू समयमै पूरा नहुनु सामान्य जस्तै मानिन्छ । म पनि नेपालमा हुँदा समयको गहिरो महत्वलाई पूर्ण रूपमा बुझेको थिइनँ ।

करीब १०/११ वर्ष अघि म जापान आएको थिएँ र सुरुमा भाषा स्कुल सॅगसॅगै पार्ट टाइम कामबाट आफ्नो यात्रा आरम्भ गरेँ। त्यो समय मेरो लागि निकै चुनौतीपूर्ण थियो । भाषा समस्या, नयाँ वातावरण, कडा नियमहरू, र समयको कडाइले मलाई धेरै पटक अप्ठ्यारोमा पनि पारेको थियो । सानो ढिलाइ वा सानो गल्तीले पनि ठूलो असर पार्ने हुँदा काममा निरन्तर सजग रहनुपर्ने अवस्था थियो ।

समयसँगै मैले यी सबै चुनौतीहरूलाई सामना गर्दै आफूलाई परिवर्तन गर्न थालेँ । मेहनत, अनुशासन र निरन्तर सिकाइको माध्यमबाट बिगत ८ वर्षदेखि म कम्पनीको कर्मचारीको रूपमा कार्यरत छु । यो यात्राले मलाई धेरै कुरा सिकाएको छ: विशेषगरी समयको सम्मान गर्ने बानी ।

पार्ट टाइम काम गर्दा पढाइ, काम र व्यक्तिगत जीवनबीच सन्तुलन मिलाउन निकै गाह्रो हुन्थ्यो । कहिलेकाहीँ थकान, तनाव र दबाबका कारण आत्मबल कमजोर हुने अवस्था पनि आयो । तर ती सबै संघर्षहरूले मलाई अझ बलियो र परिपक्व बनायो ।

जापानको कार्यसंस्कृतिले मलाई सिकाएको सबैभन्दा महत्वपूर्ण कुरा भनेको समयप्रतिको इमान्दारिता हो । यहाँ समय केवल घडीमा सीमित हुँदैन, यो व्यक्तिको विश्वास, प्रतिष्ठा र पेशागत जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। समयको सम्मान गर्ने व्यक्ति मात्र दीर्घकालीन रूपमा सफल हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट