२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

वडाको कुर्सी रित्तियो : अध्यक्ष पुगे जापान

शनिवार , जेठ २३, २०८३

ओखलढुङ्गा । स्थानीय तहको निर्वाचन जितेर जनताको सेवा गर्ने अवसर पाउनु धेरैका लागि जीवनकै ठूलो उपलब्धि मानिन्छ । जनप्रतिनिधि बन्नका लागि अनेक संघर्ष गर्ने, समय र स्रोत खर्चिनेहरूको कमी छैन । तर ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ का वडा अध्यक्ष सुजन पौडेलले भने फरक निर्णय गरेका छन् ।  जनताले दिएको जिम्मेवारीको यात्रामै उनले पद छाडेर अध्ययनका लागि जापान जाने बाटो रोजेका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका पौडेल २४ वर्षकै उमेरमा वडा अध्यक्ष बनेका थिए । युवा उमेरमै जनप्रतिनिधिको जिम्मेवारी सम्हालेका उनले कार्यकाल सकिन अझै समय बाँकी रहँदा अध्ययनका लागि भन्दै उनी जापान उडेका हुन् ।  स्थानीय निर्वाचनमा नेकपा एमालेका श्यामकुमार पौडेललाई ३७ मत ले हराउदै उनी वडा अध्यक्षमा निर्वाचीत भएका थिए ।

चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसीका अनुसार पौडेलले अध्ययनलाई प्राथमिकता दिन चाहेको जानकारी गराएपछि गाउँपालिकाले उनलाई रोक्न नसकेको बताए ।

718238404_4273415412906702_2317023366102228042_n.jpg

सानै उमेरमा वडा अध्यक्ष बन्नुभएको थियो, अहिले पनि कार्यकाल बाँकी नै छ , तर अध्ययनका लागि जान्छु भन्नुभयो, हामीले रोक्न सकेनौँ,’ अध्यक्ष केसीले भने । 

वडा अध्यक्षको पद त्यागेर विदेश जाने निर्णयले स्थानीयस्तरमा चर्चा पनि पाएको छ, धेरैले जनप्रतिनिधि बन्नका लागि हरसम्भव प्रयास गरिरहेका बेला निर्वाचित जनप्रतिनिधि स्वयंले पद छाड्नु असामान्य घटनाका रूपमा हेरिएको छ । 

वडा अध्यक्षको अनुपस्थितिले वडाको नियमित सेवा–प्रवाहमा कुनै असर नपर्ने गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए । वडा सदस्य गेल्बु शेर्पालाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिइएका छौ जनताको काममा कुनै समस्या हुदैन अध्यक्ष केसीले भने । ‘उहाँ नहुँदा पनि वडाको कामकाज नियमित रूपमा सञ्चालन हुन्छ। सेवाग्राहीले कुनै समस्या भोग्नुपर्दैन,’ अध्यक्ष केसीले भने ।


प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट