logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘चम्सुरी’ नामले परिचित हास्य कलाकार पल्पसाको दुवै मिर्गौला फेल

    ‘चम्सुरी’ नामले परिचित हास्य कलाकार पल्पसाको दुवै मिर्गौला फेल

    4.3K
    Shares

    काठमाडौं । ‘चम्सुरी’ नामले परिचित हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएपछि विगत एक महिनादेखि टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन्।

    पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको भएपनि उनले आफ्नो समस्याको बारेमा दुई अघि मात्र जानकारी गराएको हास्य कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ले जानकारी दिए । 

    अस्पतालमा डाइलसीस चलिरहँदा केही दिनदेखि पल्पसाको स्वास्थ्यमा समस्या आएको चिकित्सकले बताएका छन्। पछिल्लोपटक गरिएको डाइलसीसका क्रममा समस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन्।

    तर, मिर्गौला प्रत्यारोपणका लागि कलाकार संघबाट आर्थिक सहयोग संकलन गर्ने कुराकानी भएपनि यसको एकिन भने भइनसकेको बल्छी धुर्वेले बताए । 

    उनको उपचार नेपालमै निरन्तर रहन्छ वा बाहिर जानुपर्ने स्थिति आउँछ भन्ने निश्चित भइसकेको छैन । बल्छी धुर्वेका अनुसार मिर्गौता दाता भेटिएको खण्डमा नेपालमा नै ट्रान्सप्लान्ट गर्ने सम्भावना रहेको छ । 

    चर्चित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट चम्सुरी नामले चिनिएकी पल्पसा केही वर्षअघि नै श्रीमानसँग अलग भएर दुई छोरीहरुसँग बस्दै आएकी छन्। कलाकारिता गरेर नै उनले आफ्ना दुई छोरीहरुको पालनपोषण र शिक्षादिक्षाको जिम्मेवारी वहन गर्दै आएकी थिइन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend