logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता, एमालेका नेपाल पक्षले मत दिने

    प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता, एमालेका नेपाल पक्षले मत दिने

    3.1K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ।

    आजै विश्वासको मत लिन तयारी गरेका देउवाको प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सभामुखमार्फत संसद्‌ सचिवालयमा दर्ता गराएका छन् । 

    दुई चरणमा बस्ने प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिन लागेका हुन्‌।

    संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। सर्वोच्च अदालतको परामदेशपछि नेपाली कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री बनेका थिए।

    उनले विश्वासको मत पाउन प्रस्तावका पक्षमा १३६ मत आवश्यक पर्छ। देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै एमाले माधव नेपाल पक्षका सांसदहरूले हस्ताक्षर गरेका थिए। सोही कारण पनि देउवालाई विश्वासको मत दिने पक्षमा नेपाल समूहका सांसदहरु रहेका छन् । 

    संसदलाई पूर्ण कार्यकाल चल्न दिने नीतिअनुसार पनि मत दिने पक्षमा रहेको एमाले सांसद विरोध खतिवडाले बताएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend