२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चुनावले रोकेको २० औं सौराहा फूड फेस्टिवल चैत्र १२–१४ गते हुने

मंगलवार , चैत्र १०, २०८२

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा २० औं संस्करणको “सौराहा फूड फेस्टिवल २०८२” आगामी चैत्र १२, १३ र १४ गते आयोजना हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल ९रेवान० सौराहा, चितवनले मंगलबार पत्रकार सम्मेलनमार्फत चुनावले रोकेको फूड फेस्टिवल आगामी चैत्र १२, १३ र १४ गते सौराहाको गैडाचोक स्थित छत्री स्टेटमा हुने अध्यक्ष शम्भु मालीले जानकारी गराए ।

“प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” भन्ने मूल भावनालाई आत्मसात गर्दै आयोजना हुन लागेको फेस्टिवलले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको संस्थाका उपाध्यक्ष एवंम् फुड फेष्टिवल संयोजक कृष्णप्रसाद खतिवडाले जानकारी दिए ।

यसअघि प्रणय दिवसको अवसरमा आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम देशको निर्वाचन गतिविधिका कारण स्थगित गरिएको थियो। सुरक्षा, सहभागिता र व्यवस्थापनमा असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नयाँ मिति तय गरिएको संयोजक खतिवडाले स्पष्ट पारे ।

१९ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको सौराहा फूड फेस्टिवलले चितवनको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यस वर्षको संस्करणले सुस्ताएको पर्यटन व्यवसायलाई पुनः चलायमान बनाउने र स्थानीय व्यवसायी तथा समुदायमा नयाँ उत्साह थप्ने विश्वास लिइएको छ ।

फेस्टिवलका प्रमुख आकर्षणहरूमा बहुजातीय झाँकी प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक कार्यक्रम, स्थानीय तथा जनजातीय खानाको प्रदर्शनी तथा प्रतियोगिता, साथै वेटर–वेट्रेस प्रतियोगिता रहने महासचिव नविन नेपालले जानकारी गराए ।

कार्यक्रम सञ्चालनका लागि करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने फेस्टिवल अवधिमा करिब १ करोड रुपैयाँसम्म कारोबार हुने अपेक्षा गरिएको छ। दैनिक ५ हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

रेवान सौराहा, चितवन आयोजक रहेको फेस्टिवलमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल चितवन र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सह–आयोजकका रूपमा रहेका छन् । नेपाल पर्यटन बोर्ड, संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश तथा पर्यटन कार्यालय सौराहा प्रवद्र्धकका रूपमा रहेका छन् भने रत्ननगर नगरपालिका संरक्षकको रूपमा रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट