काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले उति बेला श्री ५ र अहिले श्रीमान् पाँचबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भन्दै कटाक्ष गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता ज्ञवालीले विगतमा शेरबहादुर देउवाले श्री ५ बाट न्याय पाएँ भनेको कुरालाई स्मरण गर्दै भने, ‘२०५९ मा उहाँलाई बर्खास्त गरिएको थियो, त्यतिबेला उहाँले भनेको कुरा सम्झिन्छु, मैले आज श्री ५ बाट न्याय पाएँ । श्री ५ ले दिएको न्याय माघ १९ गएपछि कहाँ गयो हामी सबैलाई थाहा छ, आज इतिहास पाँच जना श्रीमानहरुबाट माननीय शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको छ । उतिबेला श्री ५, अहिले श्रीमान् पाँच ।’
दलिय विभाजनको शिकार बनेर पहिला गृहमन्त्रीको रुपमा र पछि दुई पटकसम्म प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा बाहिरिएको बताउँदै नेता ज्ञवालीले संविधानको ७६ ५ को अप ब्याख्या जसको ३२ वर्ष अगाडि समाप्त पारेको निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउने व्यवस्था गरेको बताए । त्यसैको सहारा लिएर शेरबहादुर देउवा प्रधानमन्त्री बनको पनि उनले आरोप लगाए ।
नेकपा एमाले संविधानको सर्वोच्चता, शक्ति पृथकीकरण, विधिको शासनमा विश्वास गर्ने बताउँदै लोकतन्त्र अडिएको पिलरहरु खलबलिना थालेकोमा नेता ज्ञवालीले चिन्ता व्यक्त गरे ।