logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • विश्वासको मत पाएपछि मात्रै प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी मोदीले दिए बधाई

    विश्वासको मत पाएपछि मात्रै प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी मोदीले दिए बधाई

    2.5K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको केही क्षणमै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गरेका हुन्।

    सबै क्षेत्रमा बहुआयामिक भारत र नेपालबीचको जनस्तरको प्रगाढ एवं अद्वितीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री देउवासँगको सहकार्यका निम्ति आफू प्रतीक्षारत रहेको बताए ।

    त्यसैबीच प्रधानमन्त्री देउवाले पनि शुभेक्षाका निम्ति प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरेका छन् । सामाजिक सञ्जालबाटै उनले दुवै देशबीचको सम्बन्धलाई सबल तुल्याउन प्रधानमन्त्री मोदीसँग निकट सम्पर्कमा रहेर काम गर्ने आफ्नो अभिलाषा प्रकट गरेका छन् । 

    देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, समकक्षी मोदीले ६ दिनपछि मात्रै बधाई दिएका छन् । जबकि, २०७१ मा मोदी पहिलोचोटि प्रधानमन्त्री भएयता उनले नेपालमा सरकार परिवर्तन हुनेबित्तिकै बधाई दिँदै आएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend