काठमाडाैं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
सोमबार ट्वीटरमार्फत खानले प्रतिनिधिसभाबाट विश्वासको मत जितेकामा देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । देउवाको कार्यकालमा नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको पनि उनले ट्वीटरमा उल्लेख गरेका छन् ।
यसअघि देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले बधाई दिएका थिए ।