logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टिकरण साेध्ने एमालेकाे निर्णय 

    देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टिकरण साेध्ने एमालेकाे निर्णय 

    2.6K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले स्पष्टीकरण सोध्ने भएको छ ।

    ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवालाई वरिष्ठ नेता माधवकुमार नेपाल सहित २२ जनाले विश्वासको मत दिएका थिए ।

    देउवालाई मत दिनेमा एमालेका माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend