logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • रोकिराखेको मोटरसाइकलमा वृद्धको शव फेला 

    रोकिराखेको मोटरसाइकलमा वृद्धको शव फेला 

    4.8K
    Shares

    विराटनगर । कोसी राजमार्ग अन्तर्गत विराटनगर भृकुटी चोकनजिक रोकिराखेको मोटरसाइकलमा एक वृद्धको शव फेला परेको छ।

    सोमबार राति विराटनगर महानगरपालिका-५ बिजुली अफिस चोकमा को४प २३१६ नम्बरको मोटरसाइकलमा शव भेटिएको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए ।

    प्रहरीका अनुसार  मृत भेटिएका व्यक्ति विराटनगर-५ मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने हुन् । मोटरसाइकलमा चढेकै अवस्थामा शव फेला परेकोले दुर्घटना हो वा अरू केही हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    मृतकले लगाएको पेन्ट च्यातिएको र दाहिने हातमा चोट देखिए छ । शव प्रहरीले पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend