एजेन्सी । इराकको राजधानी बगदादमा भएको बम विस्फोटनमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् ।
मुस्लिम धर्मावलम्बीको महान चाड इदको तयारीका लागि किनमेल भइरहेको बजारमा बम बिस्फोट भएको हो ।
सोमबार भएको बिस्फोटमा ६० जना भन्दा धेरै व्यक्ति घाइते भएका र कतिपयको अवस्था नाजुक रहेकालो मृतकको संख्या बढ्न सक्ने त्यहाँ स्थित प्रहरीलाई उदृत गर्दै अलजाजिराले उल्लेख गरेको छ ।
पछिल्लो छ महिनामा त्यहाँ भएको यो सबैभन्दा ठूलो विस्फोटन हो। इस्लामिक स्टेट (आईएस)समूहले घटनाको जिम्मेवारी लिएको छ।
गत एप्रिलमा चार जनाको मृत्यु हुने गरी गरिएको कार बम हमलामा पनि आफ्नो हात रहेको आईएसले जनाएको थियो। गत ज्यानुअरीमा ३२ जनाको ज्यान जाने गरी गरिएको आक्रमणको पनि आईएसले जिम्मा लिएको छ।