२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पतञ्जलि जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री नेपालविरुद्धको मुद्दामा ‘बहस नोट’ पेश गर्न आदेश

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका उच्च पदस्थ व्यक्तिहरू मुछिएको पतञ्जलि जग्गा भ्रष्टाचार मुद्दामा नयाँ आदेश जारी गरेको छ । अदालतका सदस्यहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दालाई किनारा लगाउने प्रक्रिया अन्तर्गत दुवै पक्षलाई लिखित बहस नोट पेश गर्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यो मुद्दामा नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो र १० देखि १४ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

२०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा राख्न अनुमति दिएको र पछि सोही जग्गा बिक्री तथा सट्टापट्टा गर्न दिएर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

प्रधानमन्त्रीको हैसियतमा नेपालले सोझै प्रस्ताव लगेर सरकारी सम्पत्तिलाई व्यक्तिगत र संस्थागत स्वार्थमा प्रयोग गर्न दिएको आरोप पत्रमा उल्लेख छ ।

यस प्रकरणमा तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र मुख्यसचिव माधवप्रसाद घिमिरेको भूमिकामाथि पनि प्रश्न उठाइएको छ ।

यसअघि अदालतले माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । हालैको आदेश अनुसार दुवै पक्ष (सरकारी वकिल र प्रतिवादीका वकिल) ले आफ्नो मुख्य तर्कहरू समेटिएको बहस नोट बुझाएपछि अदालतले फैसलाको मिति तोक्ने सम्भावना छ ।

यो नेपालको इतिहासमा बहालवाला वा पूर्व सरकार प्रमुखमाथि अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट