२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

भारतसँग समृद्धि केन्द्रित सम्बन्धमा जोड, मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा : सभापति लामिछाने

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको बताएका छन्।

भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले मोदी र भाजपा नेतृत्व दुवै नेपाल भ्रमणका विषयमा सकारात्मक रहेको दाबी गरे। उनले समय मिलाएर भ्रमण हुने विश्वास व्यक्त गरे।

लामिछानेले नेपाल–भारत सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउन आवश्यक रहेको बताउँदै दुई देशबीचको सम्बन्ध आर्थिक समृद्धि र विकासमा केन्द्रित हुनुपर्ने धारणा राखे। उनका अनुसार नेपाल र भारतबीचको सहकार्य खेलकुद, सूचना प्रविधि, लगानी तथा अन्य विकासका क्षेत्रमा विस्तार गर्न सकिने पर्याप्त सम्भावना रहेको छ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधिएको प्रश्नमा उनले भ्रमणको समय परिस्थितिअनुसार तय हुने बताए। सरकार र पार्टीबीच जिम्मेवारी बाँडफाँट गरेर काम भइरहेको उल्लेख गर्दै उनले सरकारलाई काममा केन्द्रित हुन सहज बनाउने उद्देश्यले पार्टी नेतृत्व विभिन्न कूटनीतिक तथा राजनीतिक संवादमा सक्रिय रहेको बताए।

भारतीय प्रधानमन्त्री मोदीसँग भएको छलफल पारदर्शी र विकासमुखी विषयमा केन्द्रित रहेको दाबी गर्दै लामिछानेले विगतका विवाद र असमझदारीभन्दा साझा समृद्धिका एजेन्डामा जोड दिइएको बताए।

उनले नेपाल र भारतबीचको सम्बन्ध घृणा र दोषारोपणको आधारमा नभई आपसी सम्मान, विश्वास र विकासका सम्भावनामा आधारित हुनुपर्ने उल्लेख गरे। उनका अनुसार वर्तमान सरकार विकास कूटनीतिलाई प्राथमिकतामा राखेर अगाडि बढ्न तयार रहेको छ।

लामिछानेको भारत भ्रमण र त्यस क्रममा भएका भेटघाटलाई नेपाल–भारत सम्बन्धमा नयाँ राजनीतिक संवादको प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट