२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

दुई दशकपछि पुनर्जीवन पाउँदै गत्लाङको जङ्गल, जेठदेखि ड्रोनबाट बीउ छर्ने तयारी

सोमवार , चैत्र १६, २०८२

रसुवा । झन्डै दुई दशकअघि भीषण डढेलोका कारण विनास भएको रसुवाको गत्लाङस्थित वन क्षेत्रलाई पुनः हराभरा बनाउन आधुनिक प्रविधिको प्रयोग गरिने भएको छ । भौगोलिक रूपमा कठिन र भिरालो जमिन भएकाले डिभिजन वन कार्यालयले ड्रोनु मार्फत वनस्पतिका बीउ छर्ने तयारी गरेको हो ।

विसं २०६५ मा भएको आगलागीले सल्ला, लालीगुराँस, धुपी र खस्रुलगायतका हजारौँ वनस्पति नष्ट भएपछि यो क्षेत्र उजाड बनेको थियो। डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङका अनुसार स्थानीय हावापानी सुहाउँदा वनस्पतिका बीउ सङ्कलन गर्ने कार्य अहिले तीव्र गतिमा भइरहेको छ ।

आगामी जेठको अन्तिम सातादेखि ड्रोन प्रयोग गरी बीउ छर्ने कार्य सुरु गरिने योजना छ। यसका लागि इसिमोड, वन विज्ञान अध्ययन संस्थान र डिभिजन वन कार्यालयबीच त्रिपक्षीय साझेदारी समेत भइसकेको छ । डढेलोबाट प्रभावित ४ सय ५५ हेक्टरमध्ये पहिलो चरणमा एक सय हेक्टर जमिनमा बीउ छरिने छ ।

गत्लाङको जङ्गलमा डढेलोले करिब १६ हजार बहुमूल्य प्रजातिका रुखहरू नष्ट गरेको तथ्याङ्क छ। वन पुनःस्थापनाकै क्रममा हालसम्म ३० हजारभन्दा बढी सल्लाका बिरुवा रोपिसकिएका छन्, जसमा २५ हजार बिरुवा रसुवागढी जलविद्युत् आयोजनाले उपलब्ध गराएको हो । लामो समयसम्म डढेका रुखको उचित व्यवस्थापन हुन नसक्दा जङ्गलले पुनर्जीवन पाउन ढिलाइ भएको प्राविधिकहरू बताउँछन् ।

हाल आमाछोदिङ्मो, गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका विभिन्न वडाहरू समेटिएको यस वन क्षेत्रमा ६८ वटा सामुदायिक वनहरू सक्रिय छन् । भिरालो भूगोल र चैत–वैशाखको हुरीबतासका कारण डढेलो नियन्त्रण चुनौतीपूर्ण हुने भएकाले वन कार्यालयले चेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट