२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, आज अपराह्न ४ बजे बस्ने

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपराह्न ४ बजे बैठक बस्ने तय भएको हो ।

बैठकमा सरकारका चालु योजना, शासकीय सुधारका कार्यसूची र समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुनेछ। विशेष गरी पछिल्लो समय सरकारले अघि सारेका नीतिगत सुधार र पुराना ऐन खारेजीका प्रक्रियाका सम्बन्धमा थप निर्णयहरू हुन सक्ने अनुमान गरिएको छ ।

नियमित भनिएको यस बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावहरू र कर्मचारी प्रशासनका केही महत्त्वपूर्ण निर्णयहरू समेत हुन सक्ने स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट