अफगानिस्तानको राजधानी काबुलमा राष्ट्रपति भवन नजिकै रकेट आक्रमण भएको छ ।
बकरइदको अवसरमा राष्ट्रपति असरफ घानीसहित नमाज पढिरहेकालाई लक्षित गरेर आक्रमण भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । नमाज पढ्ने कार्यक्रमको टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको थियो ।
विस्फोटको आवाज आएपनि नमाज पढ्न कसैले रोकेनन् । राष्ट्रपति भवनको अति सुरक्षित परिसरबाट बाहिर रकेट खसेको अफगानिस्तानको गृहमन्त्रीका प्रवक्ताले जानकारी दिएका छन् ।
आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।