logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • शिल्पाका श्रीमान कुन्द्रालाई तीन दिन हिरासतमा राख्न अदालतकाे आदेश

    शिल्पाका श्रीमान कुन्द्रालाई तीन दिन हिरासतमा राख्न अदालतकाे आदेश

    3.7K
    Shares

    अभिनेत्री शिल्पा सेठ्ठीको श्रीमान व्यवसायी राज कुन्द्रालाई तीन दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

    अश्लिल चलचित्र बनाएको आरोपमा सोमबार पक्राउ परेका कुन्द्रालाई मंगलबार मुम्बईको अदालतले जुलाई २३ सम्म प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो ।

    अश्लिल चलचित्र बनाएको आरोपमा अहिलेसम्म कुन्द्रासहित १२ जना पक्राउ परिसकेका छन् । कुन्द्राले भारतमा भिडियो खिचेर बेलायतमा पठाउने गरेको आरोप लागेको छ । भारतको साइबर कानुनबाट बच्न उनले कम्पनीसमेत बेलायतमा नै दर्ता गरेको पाइएको छ । 

    यस विषयमा छानबिनका लागि प्रहरीले शिल्पालाई समेत पक्राउ गर्न सक्ने बताइएको छ । उनी पति कुन्द्राको प्रायः सबै व्यवसायमा साझेदार रहेकी छिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend