logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • राज कुन्द्राको पक्राउबारे बोलिन् कंगना ‘यसैले बलिउड नाली हो …’

    राज कुन्द्राको पक्राउबारे बोलिन् कंगना ‘यसैले बलिउड नाली हो …’

    4.9K
    Shares

    एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्राको पक्राउपछि बलिउडका स्टारहरुले आ-आफ्नो विचार व्यक्त गर्न थालेका छन् । 

    राजलाई मुम्बई पुलिसले अश्लिल फिल्म बनाएर एक एप्लिकेशनमार्फत बेचेको आरोपमा पक्राउ गरेको हो ।

    अभिनेत्री कंगना रनावतले पनि राज कुन्द्राको पक्राउबारे विवादित बयान दिएकी छिन् । उसो त सामाजिक सञ्जालमा पोष्ट गरेको विषयवस्तुले धेरै जसो कंगना विवादमा तानिने गर्छिन् । उनलाई बलिउडकी कन्ट्रोभर्सी क्वीन पनि भन्ने गरिन्छ । 

    कंगनाले इन्स्टाग्राम स्टोरीमा राज कुन्द्रा पक्राउ परेको समाचार शेयर गर्दै भनेकी छिन्, ‘यसैले मैले चलचित्र उद्योगलाई गटर (नाली) भन्ने गर्छु ।’ उनले हर चम्कने वस्तु सुन नहुने बताउँदै लेखेकी छिन्, ‘हरेक चम्कने वस्तु सुन हुँदैन । मेरो आगमी फिल्म टिकु वेड्ड शेरुमा बलिउडमा लुकेका कयौँ राजबारे खुलासा हुनेछ । हामीलाई नैतिकतामा आधारित सिस्टमको आवश्यकता रहेको छ ।’

    विवादित बयानकै कारण ट्वीटरले कंगनाको एकाउन्ट बन्द गरिसकेको छ । त्यसपछि उनी इन्टाग्राममा सक्रिय हुँदै आएकी छिन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend