काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ ।
मूल्य घटेर बुधबार सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार तोलामा ४ सय रुपैयाँ बढेर सुन तोलाको ९३ हजार २ सय रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले नेपालमा पनि केही सस्तो भएको महासंघले जनाएको छ ।
यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रुपैयाँ घटेर चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।