भारतमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या फेरि बढ्न थालेको छ ।
२४ घण्टामा भारतमा ४२ हजार १५ जना संक्रमित थपिएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड १२ लाख नाघेको छ ।
जसमध्ये ३ करोड ३ लाख निको भएका छन् भने ४ लाख १८ हजारको मृत्यु भइसकेको छ । अझै पनि भारतमा ४ लाख ७ हजार सक्रिय संक्रमित रहेका त्यहाँको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा ३६ हजार ९७७ जना संक्रमण मुक्त हुँदा ३ हजार ९९८ जनाको मृत्यु भएको छ ।