logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • पोर्न फिल्म काण्डमा अर्की अभिनेत्री, राज कुन्द्रासँग थियो ५० प्रतिशतको ‘डिल’

    पोर्न फिल्म काण्डमा अर्की अभिनेत्री, राज कुन्द्रासँग थियो ५० प्रतिशतको ‘डिल’

    4.2K
    Shares

    काठमाडाैं । अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा कानुनी झमेलामा फसेका छन् । राज कुन्द्रामाथि अश्लील फिल्म बनाउको र ती फिल्मलाई एपमार्फत सार्वजनिक गरेको आरोप छ । यो केसमा नयाँ नयाँ खुलासाहरु भइरहेका छन् । 

    पछिल्लो समय अभिनेत्रीहरु शर्लिन चोपडा र पूनम पाण्डेको पनि राज कुन्द्रासँग सम्बन्ध भएको देखिएको छ । एक भारतीय मिडियाले लेखेअनुसार यो केसमा शर्लिन चोपडा र पुनम पाण्डेको नाम पनि आरोपीको रुपमा आएको थियो । 

    उनीहरुको बयान महाराष्ट्र साइबरले रेकर्ड गरेको थियो जुन बयानमा कथित रुपमा दुवैले राज कुन्द्राविरुद्ध आरोप लगाएका थिए । राज कुन्द्रालाई गत वर्ष अदालतले अन्तरिम जमानत दिएको थियो र जमानत आवेदनमा अन्तिम सुनुवाइ यो महिनाको अन्त्यमा हुने तय छ ।

    स्रोतका अनुसार शर्लिन चोपडाको राज कुन्द्राको फर्म आर्म्सप्राइम मिडियासँग सम्झौता थियो । यो सम्झौता भारतबाहिरका कम्पनीका केही एपको लागि अश्लील सामग्री उपलब्ध गराउने थियो । 

    उनका पूर्व वकिल चरणजीत चन्द्रपालका अनुसार शर्लिन सेमी पोर्नोग्राफीको साथमा आफ्नो एप चलाउँथिन् । यो पार्ट टाइम काम त्यति राम्रो चलिरहेको थिएन । केही समयपछि शर्लिनलाई राज कुन्द्राले आफ्नो लागि उपयुक्त व्यक्तिको रुपमा फेला पारे । राजले शर्लिनलाई नाफाको ५० प्रतिशत दिने भनेका थिए । यो सम्झौतामा राजले स्वयं हस्ताक्षर गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend