काठमाडौं । सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ ।
बिहीबार सुन तोलाको ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार पनि तोलामा ७ सय रुपैयाँ नै घटेर सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि मंगलबार तोलामा ४ सय रुपैयाँ बढेर सुन तोलाको ९३ हजार २ सय रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले नेपालमा पनि केही सस्तो भएको महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । तोलामा १० रुपैयाँ बढेर चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइराखेको महासंघले जनाएको छ ।
बुधबार भने तोलामा २० रुपैयाँ घटेर चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।