logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’मा प्रकाश सपुत र सुनिता दुलाल नियुक्त

    ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’मा प्रकाश सपुत र सुनिता दुलाल नियुक्त

    5K
    Shares

    काठमाडौं । सरकारले गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले एक वर्षका लागि प्रकाश र सुनितालाई सद्भावना दूत नियुक्त गरेको हो । 

    बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको वक्तव्यमा भनिएको छ, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सरकार, निजी क्षेत्र, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था तथा समुदायको भुमिका महत्वपुर्ण रहने कुरा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा उल्लेख छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्रियाकलापहरु प्रभावकारी रुपमा कार्यन्वयन गर्न जनचेतना अभिवृद्धि गर्न अति आवश्यक हुन्छ । यसै सन्दर्भमा गीत संगितको माध्यमबाट समुदायमा जनचेतना अभिवृद्धि गर्ने मुख्य अभिप्रायबाट गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई “ विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको छ ।’

    त्यस्तै गायक प्रकाशले पनि फेसबुकमार्फत प्राकृतिक विपत्ति जस्तो संवेदनशिल क्षेत्रको कार्यसम्पादनका लागि नेपाल सरकारको एउटा आधिकारिक निकायले औपचारिक रुपमा कलाकारहरुसंग सहकार्य गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

    विपद्मा परेकालाई प्रत्यक्ष सहयोग गर्न र विपद् जोखिम न्यूनीकरणमा आफूहरुको तर्फबाट रचनात्मक भुमिका रहने उनले उल्लेख गरेका छन् । 

    गत प्रकाश र सुनिताले विपद् जोखिम सचेतनाको लागि एउटा भिडियो सामग्री तयार पारेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend