काठमाडौं । हप्ताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ९२ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन आइतबार तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यसपछि सोमबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ४ सय रुपैयाँ बढेर तोलाको ९३ हजार २ सय रुपैयाँ पुगेको थियो ।
मंगलबारको मूल्यमा बुधबार र बिहीबार तोलामा ७ सय रुपैयाँ घटेर बिहीबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार भने फेरि बढेको हो ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।