logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • गण्डकी प्रदेशका सांसद राजीब पहारी विकास निर्माणको योजनामा सक्रिय

    गण्डकी प्रदेशका सांसद राजीब पहारी विकास निर्माणको योजनामा सक्रिय

    4.3K
    Shares

    काठमाडौं । गण्डकी प्रदेशका जनप्रतिनिधिले आफ्नो क्षेत्रको विकास निर्माणको योजनामा बजेट नपरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको ध्यानाकर्षण गराएका छन् । 

    बिगत देखि बजेट पर्दै आएको योजनामा यो पटक रकम नपरेपछि नेकपा एमालेका युवा नेता एवम प्रदेश सांसद राजीव पहारीको नेतृत्वले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । 

    सांसद पहारीको नेतृत्वमा रामजि बराल, वडा अध्यक्ष मित्र लाल बराल, सदस्य मातृका बराल, एमालेका नेताहरु केशब पौडेल, लिलाधर पौडेलले गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली लाई ज्ञापनपत्र बुझाएका हुन् । 

    छोरेपाटन खाल्से माछापुच्छ्रे भ्यू प्वईन्ट कुभिन्डे हुँदै स्याङ्जा जिल्ला जोड्ने सडकको स्तर उन्नतिको लागि आवश्यक रकमको व्यवस्थापन गर्न, फुर्से खोला नियन्त्रणको लागि तटबन्ध  निर्माण गर्न र रामदिको तल्लो भेगमा खोला तटबन्ध यथाशीघ्र शुरु गर्न माग गर्दै ज्ञापनपत्रसहित ध्यानाकर्षण गराइएको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend