logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • कोरोना खोप खरीद गर्न एडीबीले १६५ मिलियन अमेरिकी डलर ऋण दिने

    कोरोना खोप खरीद गर्न एडीबीले १६५ मिलियन अमेरिकी डलर ऋण दिने

    2.4K
    Shares

    काठमाडाैं । एशियाली विकास बैंक(एडीबी)ले कोरोनाभाइरसविरुद्धको खोप खरीद गर्न नेपाललाई १६५ मिलियन अमेरिकी डलर (करीब  १९ अर्ब ६५ करोड रुपैयाँ ) ऋण दिने भएको छ ।

    बिहीबार नेपालको ऋण सम्बन्धी प्रस्ताव अनुमोदन गरेको बैंकले विज्ञप्तिमार्फत जानकारी गराएकाे छ । उक्त रकमले करीब ६८ लाख नागरिकलाई महामारीबाट बचाउन सहयोग पुग्ने र खोपको राष्ट्रिय अभियानमा सघाउन पुर्‍याउने उद्देश्य छ ।

    एशिया प्यासिफिक क्षेत्रका देशमा खोपको पहुँच पुर्‍याउनका लागि यो कार्यक्रम अघि सारिएको एडीबीले जनाएको छ ।

    नेपालले अहिलेसम्म भारतको सेरम इन्स्टिच्यूटबाट २० लाख डोज र चीनको सिनोफार्मसँग ४० लाख डोज खोप खरीदका लागि सम्झौता गरिसकेकाे छ । पछिल्लाे समयमा चीनबाट खोप आइरहेकाे छ । अन्य मुलुकबाट पनि काेराेनाकाे खाेप ल्याउनका लागि पहल भइरहेकाे सरकारी अधिकारीहरुले जनाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend