logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • यस्तो बन्यो सरकार सञ्चालनको कार्यदल

    यस्तो बन्यो सरकार सञ्चालनको कार्यदल

    3.2K
    Shares

    काठमाडौं । सरकार सञ्चालनका लागि सहजीकरण गर्नका लागि सरकारमा आवद्ध गठबन्धनले कार्यदल बनाएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका् नेतृत्वमा बिहीबार सात सदस्यीय कार्यदल गठन गरिएको हो । 

    कार्यदलमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) र नेपाली कांग्रेसबाट दुई दुई जना सदस्य तोकिएका छन् । खड्काको नेतृत्वमा बनेको कार्यदलमा सात सदस्य रहेका छन् ।

    कार्यदल सदस्यमा कांग्रेसको तर्फबाट डा.मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाको यादव पक्षबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव तोकिएका छन् । देउवा सरकार गठनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका एमाले वरिष्ठ नेपाल माधवकुमार नेपाल समूहलाई समेटिएको छैन । 

    कार्यदलले तत्काल मन्त्रालय बाँडफाँडका लागि छलफल गर्ने बताइएको छ । यसैगरी गठबन्धन भित्र छलफल गरेर राजनीतिक नियुक्तिका लागि मापदण्ड तय गर्ने, सरकारको कामकारबाहीमा साझा नीति तथा कार्यक्रमसमेत तय गर्नेछ । 

    सर्वोच्च अदालतको परमादेशसँगै सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिएपछि नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनु पर्ने प्रस्ताव गरेका थिए । 

    प्रचण्डले सरकारलाई सहयोग गर्न भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने प्रस्ताव खुमलटारमा पुगेका प्रधानमन्त्री देउवासँगको भेटमा राखेका थिए । 

    प्रचण्डको भित्री इच्छा उक्त संयन्त्रको संयोजक आफै रहने थियो । संयन्त्रमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका बाबुराम भट्टराई, जनमोर्चा र आवश्यकताअनुसार अन्य दललाई समेत समेट्ने जानु पर्ने प्रस्ताव प्रचण्डको थियो । 
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend