logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • राज कुन्द्रा अझै चार दिन हिरासतमा बस्ने 

    राज कुन्द्रा अझै चार दिन हिरासतमा बस्ने 

    2.7K
    Shares

    व्यवसायी राज कुन्द्रालाई अझै चार दिन हिरासतमा राख्न एक अदालतले आदेश दिएको छ ।

    शुक्रबार मुम्बईको एक अदालतले उनलाई आउँदो मंगलबार (२७ जुलाई)सम्म हिरासतमा राख्न आदेश दिएको हो । मुम्बई प्रहरीले कुन्द्रासहित दुई जनालाई थप एक हप्ता हिरासतमा राख्न अनुमति मागेकोमा अदालतले चार दिनको समय दिएको हो ।

    मुम्बई प्रहरीले गत सोमबार अभिनेत्री शिल्पा सेट्टीका श्रीमान कुन्द्रालाई पोर्नोग्राफिक चलचित्र बनाउने र कुनै एप मार्फत रकम असुल्ने गरेको आरोपमा पक्राउ गरेको थियो ।

    मंगलबार २३ जुलाईसम्म हिरासतमा राख्न अनुमति दिइएकोमा अदालतले फेरि चार दिनको समय बढाएको हो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend