logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • टोकियो ओलम्पिकको भव्य उद्घाटन

    टोकियो ओलम्पिकको भव्य उद्घाटन

    1.8K
    Shares

    काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ३२औँ गीष्मकालीन ओलम्पिक जापानको टोकियोमा शुक्रबारदेखि औपचारिक रुपमा सुरु भएको छ । टोकियोस्थित ओलम्पिक स्टेडियममा शुक्रबार साँझ ओलम्पिकको भव्य उद्घाटन गरिएको छ । 

    कोरोनाका कारण एक वर्षपछि सारिएको ओलम्पिक बढ्दो संक्रमणबीच सुरु भएको हो । ओलम्पिकको नाम ‘टोकियो ओलम्पिक २०२०’ नै रहेको छ । ओलम्पिकका केही खेलहरू दुई दिन अघिदेखि नै सुरु भएको थियो ।

    flag-6.jpg

    इतिहासमै पहिलो पटक स्थगित भएर एक वर्षपछि ओलम्पिक आयोजना गरिएको हो । यसअघि विश्वयुद्धका कारण तीन पटक ओलम्पिक रद्द भएको थियो । उद्घाटन समारोहमा विभिन्न १५ राष्ट्र र संगठन प्रमुखको उपस्थिति रहेको थियो । १७ दिनसम्म चल्ने ओलम्पिकमा ११ हजार खेलाडीले ३३ खेलमा ३३९ पदकका लागि प्रतिस्पर्धा गर्दैछन् ।

    ओलम्पिकको उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले बोकेका छन् । मार्चपासमा नेपाली पदाधिकारीको समेत सहभागिता रहेको छ । ओलम्पिकमा नेपालबाट चार खेलमा पाँच खेलाडी सहभागी छन् ।

    flag-5.jpg

    नेपालबाट शनिबार शुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा र जुडोकी सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा खेल्नेछिन् । त्यस्तै जुलाई २७ मा पौडीका एलेक्स शाहले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले सोही इभेन्ट्समा खेल्ने तालिका छ ।

    जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन् ।

    flag-4.jpg

    olympics-3.jpg

    olympics.jpg

    gaurika.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend