भारत महाराष्ट्रको ६ जिल्ला उच्च जोखिम क्षेत्र घोषणा गरिएको छ ।
महाराष्ट्रको ६ जिल्लामा अझै ठूलो पानी पर्न सक्ने भन्दै भारतीय मौसम विभागले उच्च जोखिम क्षेत्र घोषणा गरेको हो ।
महाराष्ट्रको कोंकड क्षेत्रमा केहिदिनयता लगातार पानी पर्दा जनजीवन अस्तव्यस्त भएको छ । शुक्रबार रायगड जिल्लामा पहिरोमा परेर ३६ जनाको मृत्यु भएको छ ।
यस्तै रत्नागिरी जिल्लामा पहिरोकै कारण तीन जनाको ज्यान गएको छ । लगातार पानी परेपछि महाराष्ट्रको धेरै ठाउँ डुबानमा परेको छ भने बाढी र पहिरो पनि गएको छ ।