२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

राहदानीमा अनावश्यक लेखेको बिषयमा छानविन गर्दै अध्यागमन विभाग

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं — राहदानी (पासपोर्ट) मा अनावश्यक रूपमा टिप्पणी लेख्ने र छाप लगाउने कार्यप्रति सामाजिक सञ्जालमा तीव्र विरोध बढेपछि अध्यागमन विभागले औपचारिक रूपमा छानबिन सुरु गरेको छ।

पछिल्लो समय वैदेशिक भ्रमणमा जाने नेपाली नागरिकका राहदानीमा “काम गर्न नपाइने” भन्ने आशयका टिप्पणीहरू लेखिएको गुनासो सार्वजनिक भएपछि सामाजिक संजालमा यस बिषयमा प्रश्न उठ्न थालेको थियो ।

अन्तर्राष्ट्रिय रूपमा प्रयोग हुने संवेदनशील आधिकारिक कागजातमै   यस्तो टिप्पणी लेखिँदा त्यसको वैधानिकता कमजोर हुने र राहदानी नै अमान्य हुन सक्ने  लगायतका बिषय तर्फ संकेत गर्दै नागरिकहरुले समाजिक संजाल मार्फत बिरोध गरेका थिए  ।

अध्यागमन क्षेत्रमा काम गरिसकेका एक अधिकृतका अनुसार यसअघि राहदानीमै यस्ता टिप्पणी लेख्ने प्रचलन थिएन। “यदि कुनै समस्या वा त्रुटि देखिएमा सम्बन्धित व्यक्तिलाई छुट्टै पत्रमार्फत जानकारी गराउने अभ्यास थियो,”  ।

यस विषयमा के भएको हो भनेर सुनौलो नेपालले राखेको जिज्ञासामा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले विभागबाट राहदानीमा अनावश्यक टिप्पणी लेख्ने कुनै निर्देशन जारी नभएको स्पष्ट पारे। उनले भने, “कसले र किन यस्तो लेखेको हो भन्नेबारे छानबिन सुरु गरेका छौँ। दोषी देखिएमा कारबाही गरिनेछ।”

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट