काठमाडौं । भारतको उत्तरप्रदृेशमा जिन्स लगाएका कारण एक १७ वर्षीया युवतीको हत्या भएको छ । यो घटना उत्तर प्रदेशको देवरिया जिल्लाकोे महुआडीय थानाक्षेत्रमा पर्ने सवरेजी खर्ग गाउँको हो । यही गाउँमा बस्ने अमरनाथ पासवानको २ छोरा र २ छोरी थिए । नेहा उनको तेस्रो सन्तान थिइन् ।
९ कक्षामा पढ्ने नेहा पढेर पुलिस बन्न चाहान्थिन् तर उनको सपना चकनाचुर भयो । २० जुलाईमा उनको शव उनको घरभन्दा २० किलोमिटर टाढा एक पुलमा झुन्डिएको भेटियो ।
नेहाकी आमा शकुन्तला देवीका अनसुार उनका सासू ससुरा र देवर देउरानीले पिटी पिटी नेहाको हत्या गरेका हुन् । उनको हत्या जिन्स कपडा लगाउन बन्द नगरेको कारण भएको हो ।
शकुन्तला देवीका अनुसार नेहा गएको सोमबार व्रत बसेकी थिइन् । उनले बिहान उठेर पूजा गरेकी थिइन् । साँझमा पनि नुहाएपछि उनले जिन्स टप लगाएर पूजा गरेकी थिइन् । पूजाको समयमा त कसैले पनि केही भनेका थिएनन् ।
तर पूजा सकेको केही समयपछि उनका हजुबुबा–हजुरआमा र काका–काकीले उनले जिन्स लगाएकोबारे आपत्ती जनाएका थिए । नेहाले उनीहरुलाई जिन्स बनाएको नै लगाउनका लागि, मैले जिन्स लगाउन पाउनुपर्छ । पढ्न लेख्न पाउनुपर्छ र समाजमा रहन पाउनुपर्छ भनी जवाफ फर्काएकी थिइन् ।
नेहाको जवाफ पछि उनका हजुरबा–हजुरआमा र काका–काकीले उनलाई जिन्स लगाउन नदिने, पढ्न लेख्न नदिने बताएर कुटपिट गरेका थिए । उनीहरुको कुटपिटपछि उनको मृत्यु भएको थियो ।
शकुन्तला देवीका अनुसार उनको बाआमा र देवर देउरानीको कुटपिटपछि बेहोश भएकी नेहालाई अस्पताल लगिएको थियो । उनीहरुले जुन तरिकाले नेहालाई अस्पताल लैजानका लागि अटोमा राखेका थिए शकुन्तला देवीलाई आफ्नी छोरीको मृत्यु भइसकेको जस्तो लागेको थियो । उनी भन्छिन् तीनपटक सम्म आफू छोरीसँग जाने र अटोमा चढ्ने प्रयास गरिन् तर उनीहरुले अटो लिएर हिँडे ।
सासू ससुरा र देवर देउरानी घर फर्किएपछि शकुन्तलालाई उनीहरुले छोरी अस्पतालमा भर्ना भएको र अहिले ठिक भएको बताएका थिए । उनीहरुले अहिले नै भेट्नका लागि डाक्टरले मनाही गरेको पनि बताएका थिए ।
शकुन्तला देवीले यस घटनाको बारेमा आफ्ना आफन्तहरुलाई जानकारी गराइन् । त्यसपछि उनका आफन्तहरुले नेहाको खोजी गरे । उनीहरु जिल्ला अस्पताल पनि गए तर त्यहाँ उनको केही पत्ता लागेन ।
मंगलबार बिहान जब गण्डक नदीमा बनाइएको पुलमा एक युवतीको शव फेला पर्यो । शकुन्तला देवी र उनका आफन्त गएर हेरे त्यो शव नेहाको थियो । नेहालाई पुलबाट खोलामा फाल्न खोजिएको थियो तर पुलमा उनको गोडा अड्किएको उनका आफन्तले बताएका छन् ।
शकुन्तला देवीले नेहाको हजुरबा परहंस पासवान, हजुरआमा भगना देवी, काका व्यास पासवान र काकी गुड्डी देवी र अन्य काका–काकी अरविन्द पासवान, पूजा देवी र अन्य राहुल पासवान, हरेराम पासवान, पन्नेलाल पासवान, रामजनक पासवान विरुद्धमा जाहेरी दिएकी थिइन् । अटो चालक र अरबिन्द पासवानको साथीमाथि पनि उनले जाहेरी दिएकी छिन् ।
–बीबीसी हिन्दीको सहयोगमा ।