logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ओलम्पिकमा एलेक्सको खेल आज

    ओलम्पिकमा एलेक्सको खेल आज

    1.5K
    Shares

    काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्स शाहले मंगलबार प्रतिस्पर्धा गर्दैछन् । पुरुष एक सय मिटर फ्रीस्टाइल स्पर्धामा सहभागी एलेक्सको हिट चरणको खेल ३ : ४५ बजे सुरु हुनेछ ।

    एलेक्सले अतिरिक्त कोटा अन्तर्गत ओलम्पिकमा सहभागिताको मौका पाएका हन् । यस स्पर्धामा राष्ट्रिय कीर्तिमा एलेक्सकै नाममा छ । नेपालगन्जमा भएको आठौं राष्ट्रिय खलकुद प्रतियोगितामा एलेक्सले ५५.३८ सेकेन्डको कीर्तिमान बनाएका थिए ।

    एलेक्स सहभागी ओलम्पिकको स्पर्धामा हिट चरणमै ७१ खेलाडीको सहभागिता रहेको छ । हिटचरणबाट शीर्ष १६ खेलाडीले फाइनल राउन्डमा स्थान बनाउनेछन् । एलेक्सको योजना राष्ट्रिय कीर्तिमान सुधार गर्नु रहेको छ । ओलम्पिकमा अतिरिक्त कोटाको आधारमा नेपालकै पौडी खेलाडी गौरीका सिंहले पनि प्रतिस्पर्धा गर्दैछिन् ।

    महिला एक सय मिटर फ्रीस्टाइलमा गौरिकाको खेल बुधबार हुनेछ । यसअघि नेपालकी जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियार आफ्नो प्रतिस्पर्धामा भाग लिएर मंगलबार बिहान स्वदेश फर्किएका छन् । कल्पनाले १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । एथलेटिक्स खेलाडी सरस्वती चौधरीले पनि एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend