नाएमी। अफ्रिकी मुलुक नाइजरमा मोटरसाइकलमा आएका बन्दुकधारीले आक्रमण गर्दा १४ गाउँलेको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नाइजरको बानीबङ्गोउ जिल्लास्थित विये गाउँमा सोमबार सो आक्रमण भएको हो।
काम गर्दै गरेका ९ जनासहित १४ जना गाउँले आक्रमणकारीको निशानामा परेको सरकारी अधिकारीहरूले बताएका छन्। यसैगरी आक्रमणमा एक जना घाइते भएको अधिकारीले जनाएका छन्। उनका अनुसार घाइतेको उपचारका लागि राजधानी नाएमी पठाइएको छ।
प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ। हालसम्म कसले किन आक्रमण गयो भनेरसमेत खुलिसकेको छैन।